देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसरी डुब्यो टेलिकमको ७ अर्ब

देशान्तर

काठमाडौं । सरकारको पूर्ण स्वामित्वको सबैभन्दा नाफा दिने संस्था नेपाल टेलिकम अहंकारी मन्त्री गोकुल बाँस्कोटाको अल्पज्ञान र अनुभवहीन कनिष्ट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका कारण इतिहासमै अघिल्लो वर्षभन्दा पहिलोपटक ७ अर्बभन्दा कम नाफा कमाउनमा सीमित भएको छ ।

ओली सरकारमा प्रधानमन्त्री ओलीपछि अहंकारी र अल्पज्ञानी भनेर चिनिने विज्ञान प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाको नेतृत्व क्षमताको कमी र उनले भर्ना गरेका मन्त्रीका दास भनेर चिनिने दसौं तहका कनिष्ट अधिकृत प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको नेतृत्व क्षमताका कारण यस्तो परिणाम आएको टेलिकम भित्रै चर्चा छ । सेवा विस्तारमा प्रतिस्पर्धा गर्न नसक्नु, इन्टरनेटमा ५ प्रतिशित थप कर लगाउनु तर ग्राहकसँग लिन नसक्नु इजाजत ‘लाइसेन्स’ इजाजत शुल्कको ४ अर्ब यसै आर्थिक वर्षमा तिर्नु परेको प्रत्यक्ष कारण देखाए पनि वास्तवमा प्रतिस्पर्धी कम्पनी एनसेलको भन्दा सेवाको स्तर कमजोर, प्रविधिमा प्रतिस्पर्धा गर्न नसक्नु र एक सय जना पनि ग्राहक बनाउन नसकेको फाइबर सेवाको ५ ठाउँमा गरिएको उद्घाटनमा अनावश्यक रूपमा लाखौं खर्च गर्नु, नाफा प्रतिशत घट्नुका प्रमुख कारणहरू रहेका टेलिकम कर्मचारी सूत्र बताउँदछ ।

त्यसमाथि संस्थाको हितमा भन्दा मन्त्रीको आज्ञापालकका रूपमा देखिएका कनिष्ट एमडीले सम्पूर्ण वरिष्ठ कर्मचारीहरूको नेतृत्व गर्न नसक्नु, आवश्यक सहयोग लिनु र संयोजन गर्न नसक्दा पनि टेलिकम दिनप्रतिदिन धराशायी बन्दै गइरहेको छ । अहिले टेलिकमभित्र डिल्लीराम अधिकारीलाई एमडीको रूपमा भन्दा पनि कर्मचारीहरूले मन्त्रीको दासको रूपमा चित्रित गर्दछन् । अल्पज्ञानी मन्त्री र कनिष्ट एमडी कायमै रहे भने अर्को आर्थिक वर्षमा टेलिकमको नाफा अनुपात अहिलेभन्दा घट्ने कर्मचारीहरूले भविष्यवाणी गर्न थालेका छन् । यसभन्दा अगाडि टेलिकमको इतिहासमै नाफा अनुपात अघिल्लो वर्षभन्दा करोडमा मात्र कम हुन्थ्यो नभए सदैव अर्बभन्दा माथि नै हुने गरेको तथ्यांकले पुष्टि गर्दछ ।