देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला क्रिकेट लिगको उद्घाटन खेलमा चितवन विजयी

देशान्तर

काठमाडौं : महिला फ्रेन्चाइज क्रिकेट लिग (डब्लुसीएल) को उद्घाटन खेलमा चितवन राइनोज विजयी भएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा चितवन राइनोज महिला टोलीले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। चितवनले ९३ रनको विजयी लक्ष्य ९ बल बाँकी छदै ५ विकेट खर्चेर भेट्ठायो। चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाउँदा प्यारी चौधरीले नटआउट २४ रन जोडिन्।

काठमाडौंकी इश्वरी विष्टले चितवनका दुई व्याट्सवुमनलाई पेभेलियन फर्काइदिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं ९२ रनमै अलआउट भएको थियो। रश्मि चौलागाईंले सर्वाधिक ३४ रन बनाउँदा सरस्वती कुमारीले १५ रन जोडिन्। कप्तान रुविना क्षेत्री १ रनमै आउट भइन् भने ब्याट्स वुमनले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सन्तोषि चौधरीले ३ विकेट लिइन्। रेखा रावल र कविता गौतमले समान दुई/दुई विकेट लिए। प्रतियोगिता आगामी कात्तिक ७ गतेसम्म चल्नेछ। प्रतियोगितामा क्याट क्विन्स काठमाडौं, चितवन राइनोज वुमन, ललितपुर फाल्कोन्स, पोखरा पल्टन र विराटनगर टाइटन्स सहभागी छन्। प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन्।