देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिन कांग्रेसको माग

देशान्तर

काठमाण्डौं । प्रमुख प्रतिपषि दल नेपालि कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितहरूलाई उचित मुआब्जा दिन सरकार समक्ष माग गरेको छ । आयोजनाले सार्वजनिक गरेको मुआब्जा रकमप्रति असहमति जनाउँदै प्रभावितहरू आन्दोलनमा उत्रिएपछि कांग्रेसले विज्ञप्ति जारी गरी सरोकारवाला सबैलाई विश्वासमा लिए पुनः न्यायोचित मुआब्जा दिन माग गरेको हो ।

काग्रेसले स्थानियको माग सम्बोधन गर्दै आयोजना निर्माण हुने वातावरण सुनिश्चित गर्न पनि सरकारसित माग गरेको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाले आरुघाट र खहरे बजार क्षेत्रको जग्गालाई १० वर्गमा विभाजन गरेर प्रतिआना ५० हजारदेखि ७ लाख रुपैयाँसम्म मुआब्जा तोकेको छ । स्थानीय बासिन्दासँग पर्याप्त छलफल गरेर पुनः न्यायोचित मुआब्जा निर्धारण गर्न कांग्रेसले आग्रह गरेको छ ।