देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सीधै २०२१ टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा

देशान्तर

एजेन्सी । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल क्वालिफायर सीधै खेल्न पाउने भएको छ । उक्त क्वालिफयरमा २०२० को विश्वकपका पुछारका चार टोलीसँगै अन्य चार टिमले सहभागिता जनाउने भएको आईसीसीले जनाएको छ ।

आईसीसीले १ जनवरी २०२० को वरीयताक्रमलाई आधार बनाएको छ । जसअनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले ग्लोबल क्वालिफायर खेल्नेछन् । टी–ट्वान्टी विश्वकपमा १६ टोलीले सहभागिता जनाउँदै छन् । जसमध्ये पुछरका चार टोलीले विश्वकप २०२१ को क्वालिफायर खेल्नुपर्नेछ ।

२०२१ को विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

आईसीसीले सन् २०२१ मा आयोजना हुने भनिएको आठ टोली सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफीको स्थानमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने भएको हो । भारतमा आयोजना हुने उक्त अतिरिक्त प्रतियोगितामा बाँकी आठ टोली ११ क्षेत्रीय छनोट प्रतियोगिताबाट चयन हुनेछन् ।

११ क्वालिफायर आईसीसीको पाँच क्षेत्रमा हुनेछ । उक्त पाँच क्षेत्र अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोप हुन् । यसको अर्थ कुल १६ टोलीले २०२१ विश्वकपका लागि क्वालिफायर खेल खेल्नुपर्नेछ । दुई वटा क्वालिफायरमा आठ–आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एउटा क्वालिफायरबाट दुई टोलीले विश्वकप २०२१ मा सहभागी हुने मौका पाउनेछन् ।