देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोश्रो एक दिवसीय क्रिकेट : अष्ट्रेलियासँग भारत ३६ रनले विजयी

देशान्तर

काठमाण्डाै । अष्ट्रेलियासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ । ३ सय ४१ रनको लक्ष पाएको अष्ट्रेलिया ४९ ओभर १ बलमा ३ सय ४ रनमा अलआउट भयो । योसँगै तीन खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ र मार्नस लाबुशनले ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । भारतका मोहम्मद सामीले तीन विकेट लिए ।

भारतको राजकोटमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो । भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए ।