देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाले ८ सय ३ ज्यान लियो, ३५ हजार भन्दा बढी संक्रमित

देशान्तर

चीनमा वुहानबाट महामारीको रुपमा फैलिएको कोरोनाले अहिलेसम्म ८ सय ३ जनाको ज्यान लिइसकेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन ।

चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय ३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।

यो संख्या सन् २००३ मा फैलिएको सार्सको महामारीमा मृत्यु हुनेको संख्या भन्दा बढी हो । सार्सका कारण सन् २००३ मा ७ सय ७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।

वुहानमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २ दर्जन भन्दा बढी मुलुकमा देखिएको छ।

कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।