देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसमा आत्मासमिक्षा र आत्मानुशासनको खाँचो छ : शेखर कोइराला

देशान्तर

 

तनहुँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको प्रत्येक जिम्मेवार कार्यकर्ताहरुमा आत्मानुशासन जरुरी भएको बताएका छन् । तनहुँस्थित नेपाली काँग्रेस विपि स्मृति भवन ब्यास-३ मा आयोजना गरिएको कार्यकर्ताहरुसंगको भेटमा नेता डा. कोइरालाले सो कुरा बताएका हुन् ।

कार्यक्रमका क्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य समेत रहेका नेता कोइरालाले नेपाली काँग्रेस लोकतन्त्रको पहरेदार भएपनि आपसी सहमति, समझदारी, जिम्मेवारी बहन, आत्मासमिक्षाको कमी हुँदा मुलुकको वर्तमान अबस्थामा भोकमरी र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।

उनले भने, ‘वर्तमान सरकार सर्वसत्तावादी र अधिनायकवादी चरित्रको भूमिकामा दैनिक प्रस्तुत हुँदा नेपाली जनता धुवाँको मुसुलोमा निशासिए जस्तै स्थितिमा रहेका छन् ।’

उनले तल्लो तहदेखि केन्द्रीय हरेक तहसम्मका काँग्रेसी कार्यकर्ताहरुमा आत्मासमिक्षा र अनुशासनको तिब्र खाँचो भएको बताए । होटल होटलमा र चिया भट्टीमा पनि पार्टीको खिल्ली उडाउने र गुट उपगुट र दलगत स्वार्थका कुरा गरेर समय खेर फाल्नु दुख्द भएको बताउँदै नेता कोइरालाले पार्टीको आन्तरिक विवाद पार्टी भित्रै मिलाइने र भातृ संगठनलाई चाडो भन्दा चाँडो पुर्णता दिन आफ्नो प्रयास जारी रहने बताए ।

कार्यकर्ताहरुसंगको अन्तरक्रियाका क्रममा बोल्दै कोइरालाले वि.स २०१२ मा एमसिसि अनुदानको स्थापना भएको र यसका लागि नेपाली काँग्रेसले नै हस्ताक्षर गरेको बताउँदै नैतिकता र इमानदारीता बिर्सिए इतिहासले एक दिन धिकार्नै छ हामीले आफ्नो कर्तव्यबाट कतिपनि बिचलित हुन हुँदैन भने।

प्रत्येक सानाठूला कार्यकर्ता र पार्टीका जिम्मेवार तहमा बसेका कर्मठ क्रियाशिल कार्यकर्ताहरुले राजनैतिक संस्कार र नैतिक धरातल विर्संदा नेपाली काँग्रेसले गहिरो हार बेहोर्नुपरेको बताए । विपिको विचार र पार्टीको सिद्धान्त अनुसार राजनीति गर्नुपर्ने भन्दै गुटबन्दी, भाईबन्दी जस्तो भूमरीको चक्रब्यु पार्टी हर्लाम्मै हामफालेकोमा दुख लागेको बताए ।

एक अर्काको विचमा हिलो छ्यापाछाप गर्दा र भागबण्डाको राजनीतिले पार्टीलाई अति नै मार परेको बताए । काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बारेमा कार्यकर्ताले सोधेको प्रश्नको उत्तर दिँदै उनले आत्मसमिक्षा र आत्ममुल्याङकन गर्न नस्कनेले अरुको मुल्यांकन सम्भव नहुने बताए । नेपाली काँग्रेसले मौन भएर प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकोमा आफुले स्विकार्न बाध्य रहने सम्भावना रहेको बताए ।

फाल्गुन ७ गते भित्रमा महाधिवेशन नगरे पार्टी कुनै पनि निर्वाचनमा पराजय हुन सक्ने सम्भावना निश्चित रहेको उनले ठोकुवा गरे। संविधानमा भएको कुरो नियमावलीमा उल्लेखित आधार पत्र, धोषणा पत्र बमोजिम पार्टीको वडा कमिटीदेखि केन्द्रीय तहसम्म जुनक‍ोही कार्यकर्ता हिड्न नसक्नु दुखद भएको बताउँदै नेता कोइरालाले विधान अनुसार सबै तहका कार्यकर्ता चल्न आग्रह गरे ।