देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कला जन्मसिद्ध लिएर आउनुपर्छ’

देशान्तर

काठमाडौं । दोहोरी साँझमा दमदार प्रस्तुतिसहित स्टेज तताउन माहिर लोकदोहोरी गायिकाको नाम, सविना शेर्पा । संगीत भने उनले कुनै स्कुलमा सिकेकी छैनन् । उनी भन्छिन्, ‘प्रतिभा र स्वर मानिसको ईश्वरीय बरदान हो, गायकगायिका बन्नलाई सिक्नैपर्छ भन्ने छैन’ । कलाकारिता सिक्नु भनेको आपूmसँग लुकेर बसेका प्रतिभालाई अझ बढी परिष्कृत बनाउने मात्र हो । गायकगायिको सम्पत्ति भनेको स्वर हो । सिकेर, घोकेर स्वर राम्रो हुने होइन । भएको स्वरलाई तिखार्ने मात्र हो ।

उनी सुन्दर नगरी पोखरामा जन्मिएकी हुन् । उनका गीत पनि ठाउँ विशेष नै हुने गर्दछन् । प्रतिभाकी धनी उनी सुन्दर भविष्यको सपनासहित काठमाडौं छिरिन् । काठमाडौं आएपछि उनले फेवा अनलाइन रेडियोमा कार्यक्रम सञ्चालिकाको काम गर्न थालिन् । फेवामा उनी मनोरञ्जन कार्यक्रम चलाउने गर्दथिइन् । उनको १५ वर्षको कलकलाउँदो उमेरमै प्रेमविवाह भएको थियो । जन्म पोखरामा भए पनि उनको विवाह भने उदपुरमा भएको हो ।

स्कुल/कलेज पढद्सम्म गायिका बन्ने सपना पनि देखेकी थिइनन् उनले । तर, काम गर्दा मनोरञ्जन कार्यक्रम चलाउने भएकाले उनको ध्यान आफूले पनि यो क्षेत्र केही गर्न सक्ने ठानिन् । ‘म पनि सोच्दै थिएँ गायन क्षेत्रतिर लाग्ने हो कि भनेर’, सविना भन्छिन् । त्यस्तैमा एकदिन संगीतकार सागर गुरुङसँग भेट भयो उनको । उनले गुरुङसँग गीत गाउने इच्छा प्रकट गरिन् । गुरुङले पनि सविनालाई सल्लाह दिए, ‘तिम्रो स्वर राम्रो छ गाउँछौं भने म साथीहरूको दोहोरी साँझमा भनिदिन्छु जाऊँ,’ त्यसपछि सविनाले आफ्नो श्रीमान्सँग पनि सल्लाह मागिन् । ‘तिमी जे काम गर्छौं त्यसमा ध्यान दिएर एउटै गर जसले भविष्यमा व्यावसायिक रूप लिओस्’,– सविनालाई उनका श्रीमान्ले भने । सविना जे काम गर्न आफू विवाहित भएकाले श्रीमान्को सल्लाहबमोजिम गर्ने भएकाले गायिका पनि श्रीमान्कै सल्लाह र सहयोगमा भएकी हुन्, सविना ।

सविनाले दोहोरी साँझमा दुई/तीन महिना बिना तलब सिक्नका लागि गाइन् । दोहोरीमा तलब नभए पनि कोठा चलाउन पुग्ने पैसा टिप्सले पुग्ने रहेछ, उनले आफ्नो अनुभव बताइन् । पहिलो पटक दोहोरी साँझमा ठाउँ पाएपछि उनले मेहनतका साथ आफ्नो गायिनलाई अगाडि बढाइन् । तीन महिना मेहनत गरेपछि उनको प्रस्तुति र स्वरलाई सम्मान गर्दै तलब पनि पाउन थालिन् । कसको प्रेरणाले गायिका बन्ने हुटहुटी जाग्यो ? भन्दा उनी निर्धक्क भन्छिन्, ‘मलाई त गायन क्षेत्रमा आउन श्रीमान्ले नै हौस्याउनुभएको हो’ । मीठो स्वरकी धनी सविनाले श्रीमान्को पूर्ण सहयोग र समर्थन पाएपछि उत्साहित भएर दोहोरी साँझलाई व्यावसायिक बनाइन्, सविनाले । दोहोरी गाएर खान पुग्छ भन्दा उनी निर्धक्क भन्छिन्, ‘खानलाउन मात्र होइन राम्रोसँग परिवार पाल्न पुग्छ’ । सविना दोहोरी साँझलाई आफ्नो संगीत पाठशाला ठान्दछिन् । उनी थप्छिन्, ‘मलाई कामको अभावले गायिका बनायो’ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं ‘मैले काम गर्ने मिडियामा मनोरञ्जन कार्यक्रम चलाउने भएकाले गायिका बन्नतिर आकर्षित भइयो’, उनले थपिन् ।

सुरिलो स्वर, टिपिकल शब्द चयन र दोहोरीमा खप्पिस गायिका सविनाले आधा दर्जन गीत गाइसकेकी छन् । उनले ‘लोग्नेपीडित’ ‘पाउजु बजाउँदै’ बोलका तीज गीत आफ्नै लगानीमा निकालेकी छन् । ‘पाउजु बजाउँदै’ बोलको तीज गीतमा तृप्ती खड्काको शब्द, संगीत र उनको स्वर रहेको छ । यसका अलावा खुमन अधिकारी, राजु परियार, प्रजापति पराजुली र कृष्ण देवकोटाजस्ता ख्यातिप्राप्त गायकसँग दोहोरी गाइसकेकी छन् उनले । ‘अब चर्चित लोकदोहोरी गायक पशुपति शर्मासँग गाउने ठूलो धोको छ’, सविनाले इच्छा व्यक्त गरिन् ।

पशुपतिको गीतमा किन मोह जाग्यो ? भन्दा उनी भन्छिन्, ‘पशुपति शर्मा दाइका गीत सबै समसायिमक र सन्देशमूलक हुन्छन्’ । पछिल्लो समय उहाँका गीतले राम्रो बजार तताएको छ,’ उनले जोड दिइन् । गायनका अलावा स्टेज प्रोग्राममा पनि माहिर छन्, सविना । पहिलो स्टेज प्रोग्राम महोत्तरीको बर्दिवासमा गरेको सम्झन्छिन्, उनी । कलाक्षेत्रमा धेरै मेहनत र लगानी भइसकेकाले आफ्नो स्वर र स्वास्थ्यले साथ दिँदासम्म गायनलाई नै मुख्य पेसा बनाउने सबिनाको निचोड छ ।