देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचन बारे छलफल गर्न काग्रेसको पदाधिकारी बैठक आजपनि बस्दै

देशान्तर

काठमाडौं । उपनिर्वाचन लगाएत बिषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक आज (बुधवार)पनि बस्ने भएको छ । बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकरी दिए । उनले आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका बारेमा बैठक केन्द्रित रहने पनि बताए ।

कांग्रेसले उपनिर्वाचनका बारेमै छलफल गरेर पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बारेमा आवश्यक निर्णय गर्न बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बूढानीलकण्ठमै हिजो बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि उपनिर्वाचनलगायतका बिषयमा अनौपचारिक छलफल भएको थियो ।