देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाघको आक्रमणबाट एक जनाको मृत्यु

देशान्तर

चितवन– चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवनको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार मध्यान्न १२ बजेतिर बाघको आक्रमणमा परी रत्ननगर नगरनगरपालिका–५ स्थित मगरटोलीको ३५ वर्षीय गिता अधिकारीको मृत्यु भएको वडाध्यक्ष कृष्ण महतोले जानकारी दिए।

उनका अनुसार घरपछाडि बाख्रालाई घाँस काट्न लाग्दा बाघले तानेर लगेको हो ।

मृतक अधिकारीको शवको अवशेष मात्रै फेला परेको छ । वडाध्यक्ष महतोले खोजी कार्यका लागी चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेपनि ढिलाई भएको बताए । आक्रमण गरेको स्थलमा रगत र मृतकको कपडा भेटिएको छ ।