देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल-खनाल पक्षका सांसदले बुझाए स्पष्टीकरण

देशान्तर

काठमाडौँ – एमाले नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरुहरुले पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीबाट सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका छन् । ओलीले नेपालसहितका २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै स्पष्टीकरण सोधेका थिए ।

एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बिहीबार दिउँसो २ बजेसम्म झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे र प्रदेश सांसद देवी ओलीले लिखित जवाफ बुझाएका छन् । स्पष्टीकरण पत्रमा नेपालसहित रावल, भुसाल र पाण्डेलाई दुई दिनभित्र र अन्य सांसदलाई तीन दिनभित्र जवाफ पेश गर्न भनिएको थियो ।

उनीहरुलाई जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी स्पष्टीकरणमा उल्लेख थियो ।