देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कञ्चनपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु

देशान्तर

कञ्चनपुर – महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भारतको गुजरातबाट चैत २२ गते फर्केका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए । मृत्यु भएका कोरोना संक्रमितको आज शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोस्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ।

यस अघि कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १४ जनाले ज्यान गुमाई सकेका छन्। हालसम्म कोरोनाको दोश्रो लहर फैलिए पछि एन्टिजेन विधिबाट एक हजार नौ सय ८० जनाको परिक्षण गरिएका मध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।

जसमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। मंगलवार मात्रै भीमदत्त नगरपालिका २ का दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।