देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर पश्चिमी वायूको प्रभाव, यस्तो छ अगामी तीन दिनको मौसम पूर्वानुमान

देशान्तर

काठमाडौँ – देशभर पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । यस्तै, तराइका केही स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । त्यस्तै, राती देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक – दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको मौसमविद्ले जनाएका छन् ।

राती प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

मौसमविद्का अनुसार सोमबार दिउँसो प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ

देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।