देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा रियल मड्रिड विजयी

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी तीनमा झारेको छ ।

शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा तीन अंक थपेको हो । उता शीर्ष स्थानको एट्लेटिको मड्रिड भने लेभान्टेसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो ।

रियल मड्रिडको जीतमा ब्राजिलियन मिडफिल्डरले ६५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले लेभान्टेसँग २–० गोलको अप्रत्यासित पराजय ब्यहोरेको थियो ।

घरेलु मैदानमा एट्लेटिको जोसे लुइस मोरालेसले आत्मघाती गोल गरेका थिए भने अर्को गोल खेलको अन्तिम मिनेटमा जर्ज डी फ्रुटोसले गरेका थिए ।

शीर्ष स्थानको एट्लेटिकोको २३ खेलबाट ५५ अंक छ । एक खेल बढी खेलेको रियलको ५२ अंक छ । दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ ।