देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्षलाई कोरोना लागेपछि गल्छी गाउँपालिका बन्द

देशान्तर

गल्छी – गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई  कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।