देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप चार कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा रोक

देशान्तर

काठमाडौ । औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ ।

चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर , भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजरलाई रोक लगाइएको हो ।
अनुगमनमा यी कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।

स्यानिटाइजर उत्पादनको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।