देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन गरिने

देशान्तर

काठमाडौं – धानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालनको प्रस्ताव गरेका छन् । आज शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर जोखिम बढ्दै गएको भन्दै उनले सेना परिचालनको प्रस्ताव गरेका हुन् ।
आज शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर जोखिम बढ्दै गएको भन्दै उनले सेना परिचालनको प्रस्ताव गरेका हुन् ।
संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा सुरक्षा परिषदको सिफारिस मन्त्रीपरिषदको निर्णयमा सेना परिचालन गर्नसक्ने ब्यवस्था छ । सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने ब्यवस्था छ ।

प्रधानमन्त्री ओलीसँग राष्ट्रपतिले करिब डेढ घन्टा एक्काएक्लै छलफल गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । शनिवार बसेको मन्त्रिपरिषद बैठकले क्वारेन्टिन र विदेशबाट आउने नेपालीको व्यवस्थापन गर्न सेना परिचालन गर्ने निर्णय गरिसकेको छ । भारतवाट ठुलो संख्यामा नेपालीहरु भित्रन लागेपछि जोखिम बढेको निस्कर्ष सहित सरकार सेना परिचालन गर्ने तयारीमा जुटेको हो ।