देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुम्लामा जीप दुर्घटनामा बेपत्ता ८ जनाको अवस्था अझै अज्ञात, तालिमप्राप्त गोताखोर नहुँदा उद्दारमा ढिलाइ

देशान्तर

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खस्दा उपाध्यक्ष सहित ८ जना बेपत्ता भएका छन् । खार्प’नाथ गाउँपालिका–५ वेण’सैन र कैलेबाल’ भन्ने स्थानमा जाँदै गरेको लू १ ज ७१ ६६ नंको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा दिउसो १ बजे खसेको याक्च’ प्रहरीलाई उद्धृत गर्दै सहायक प्रम’ख जिल्ला अधिकारी महेशकुमार पोखरेलले देशान्तर खबरलाई जानकारी दिन’भयो । उहाँका अन’सार द’र्घटना भएको क्षेत्रमा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ ।

गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिन’भयो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अन’सार नदीमा हराइरहेकाहरुको तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकाले आफूहरुले केन्द्रमा यसबारे जानकारी दिएको बताउन’भयो ।

उद्दारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिमप्राप्त उद्दारकर्तासहित आउने भन्दै फर्केको उहाँले बताउनुभयो । गाडी कर्णाली नदीले प“रै छोपेकाले क’न ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय ह’म्लाले जनाएको छ । द’र्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको घटनास्थलमा खटिन’भएका पत्रकार राजन रावतले जानकारी दिन’भयो । कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ ।