देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीद्वारा सरकारले ल्याएको अध्यादेशको बचाऊ

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सरकारले ल्याएको अध्यादेशको बचाऊ गरेका छन् ।
उनले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताए ।
सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माणलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

यसका लागि दुई दलले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको र त्यससँगै सरकार पक्षीय दलहरुसँगको छलफल गरिने उनले बताए । उनले सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको भन्दै नेकपा माओवादी प्रति कटाक्ष पनि गरे । संसद्समक्ष बारम्बार विश्वासको मत लिनु पर्ने तमासाबाट मुक्त भएको उनको भनाई थियो ।

उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएको सदनमा बताए ।