देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि र छविलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । छैटौँपटक थपिएको म्याद बुधबार सकिए पछि अदालत पेश गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो ।

रविसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अब १० दिनभित्र मुद्दा अदालतमा लग्नुपर्ने भएकाले प्रहरीले तेस्को तयारी गरेको छ ।