काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ चैत ८ गते देखि प्रदर्शनमा आउने भएको छ । वितरक कम्पनी एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफ डी कम्पनीबिच सम्झौता भए सँगै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर निर्माण गरिएको निर्देशक आचार्य बताएका छन् । चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय रहेको छ ।
आर बि मुभिजको ब्यानरमा निर्मित चलचित्र ‘द्रौपदी’मा रवि ओडको सङ्गीत मोहन कुमार झिल्लुको छायाङ्कन रहेको छ । ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको चलचित्रमा विष्णु ठडराई (सुवास ) र ऋतु आचार्य सह निर्माता रहेका छन् । चलचित्रको कथा, पटकथा, संवाद तथा गीत निर्देशन ऋषिराज आचार्यकै छ ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि ‘महाभारत’को द्रौपदीको कथा हो या देशको यथार्थपरक बहु पति प्रथाको कथा हो खुलाइएको छैन ।
प्रतिक्रिया