काठमाडौँ । आशिष महरको स्वरमा रहेको क्यारी हाँसुँला बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतका शब्द प्रह्लाद सुवेदीले लेखेका हुन भने सङ्गीत र थेगो प्रवीण भट्टको हो ।
नम्रता अर्याल निर्माता रहेको भिडियोको अवधारणा सागर बाबु भट्टले बनाएका हुन् । प्रवीण भट्टले निर्देशन गरेको भिडियोमा निक शर्मा र शिल्पा पोखरेलको अभिनय रहेको छ । अजय रेग्मीले खिचेको भिडियोलाई प्रवीणले सम्पादन र मिलन विश्वकर्माले रङ्ग संयोजन गरेका हुन् । मिठो कृयशन मार्फत सार्वजनिक भएको भिडियोलाई दर्शकले रुचाएका छन् ।
प्रतिक्रिया