देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री हेरफेरको विषय तत्काल टुङ्ग्याउन माधव नेपाललाई दबाव

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सविचवालयको २७ औं बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव डा। गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्यूरो, शनिबार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए ।

बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताए ।

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्ताहरूमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए ।

गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत उनले बताए ।