काठमाडौं । चलचित्र निर्माता र गीत संगीतका निर्माता तथा प्रकाशकको रोयल्टी संकलन एवं वितरणका लागि गठित संगीत तथा चलचित्र उत्पादक समाजको आठौँ तथा नवौँ वार्षिक साधारणले पुनः सूर्य मगर बहादुर नै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी, सचिवमा ईश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बू सर्वसम्मत चयन भएका हुन् । यस्तै, समाजका सदस्यहरूमा रूपेन्द्र खड्गी, खुसी थुलुङ राई, सक्षम श्रेष्ठ र जनक तामाङ चुनिएका छन् ।
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार सबिता कार्कीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा संस्थाका महासचिव सुनिल लामिछानेले वार्षिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, कोषाध्यक्ष रुकमान लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया