काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरी विकासमन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर समस्याग्रस्त आयोजनाबारे चासो राखेका छन् । उनले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्ने भन्दैै आयोजनामा के कारणले समस्या देखिएको हो, त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार मन्त्रालयमै भएको छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालय अन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया