काठमाडौँ । काठमाडौँको सिनामंगलमा रहेको आफ्नै हार्मोनियम मर्मत केन्द्रमा भेटिने विमल शाह हार्मोनियम सफा गर्दा गर्दै नेपाली सङ्गीत क्षेत्रका हार्मोनियम वादक देखि परिचित सङ्गीतकारहरूको हार्मोनियमको शल्यक्रिया ( ट्युनिङ) गर्दै हार्मोनियमकै डाक्टर बनेका छन् । हार्मोनियममा डिजिटल ट्युनिङ गर्दै विश्व कीर्तिमान रच्न सफल भएर उनले डक्टरको उपाधि पाएका हुन् । हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति हुन् ।
नेपालका प्रसिद्ध सङ्गीत प्रशिक्षकहरू चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्ले सँगै नेपालका चर्चित सङ्गीतकर्मीहरू शम्भुजीत बाँस्कोटा ,दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायतका सङ्गीतकर्मीको हार्मोनियमको विमलले शल्यक्रिया ( ट्युनिङ) गरेका छन् ।
भारतीय कलाकारहरू उदित नारायण, दीपा नारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका सङ्गीतकर्मीहरूको हार्मोनियम ट्युनिङ गरिदिएको विमलले जानकारी दिएका छन् ।
२०४६ सालमा बुवा सत्यनारायण साह र आमा राधिकादेवी साहको सन्तानका रूपमा सर्लाहीको श्रीनगर जन्मिएर २०७२ सालमा कामको लागि काठमाडौँ छिरेका विमल पशुपति छेउमा हार्मोनियम सफा गर्ने गर्थे । उनी हार्मोनियममा पेच कस्ने गर्थे । २०७३ मा ३० हजार लगानीमा पशुपतिनाथको नामबाट हार्मोनियम बिक्री तथा मर्मत पसल खोलेका विमल करिब दश वर्षको अवधिमा आजका दिनमा आई पुग्दा नेपालमा हार्मोनियममा बिग्रँदा नटबोल्ट कस्ने मात्र हैन सुर खुस्कँदा सम्झिने पहिलो व्यक्ति बनेका छन् । उनले यस अवधिमा भारत , चीन , मलेसिया अस्ट्रेलिया लगायत देशको समेत भ्रमण गरी सकेका छन् ।
वर्ल्ड रेकर्ड बनाएपछि उनलाई अहिले नेपालमा विभिन्न सङ्घ संस्था तथा दलहरूले सम्मान गरिरहेका छन् ।
प्रतिक्रिया