काठमाडौं । पछिल्लो ६ कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार बढेको छ । बुधबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।
बुधबार तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।
बुधबार बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ
प्रतिक्रिया