देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिद्युतीय सवारी साधनहरुको मर्मतसम्भारमा ग्रीन ड्राइभ स्टेशनको लोकप्रियता

देशान्तर

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा रहेको ग्रीन ड्राइभ स्टेशनले बिद्युतीय सवारी साधन (ईभी)हरुको मर्मतसम्भारमा लोकप्रियता हासिल गरेको छ । यस स्टेशनमा हरेक प्रकारका बिद्युतीय सवारी साधनको मर्मतसम्भार हुने स्टेशनका सञ्चालक अनिल ब्रजाचार्यले बताएका छन् ।

यस वर्कशपमा सफा टेम्पोहरुको ब्याट्री जडान गर्नेदेखि लिएर सम्पूर्ण बिद्युतीय सवारी साधनको चेकजाँच र मर्मत कामहरु हुने गरेको पनि उनले बताए । साथै हरेक किसिमका बिद्युतिय सवारी साधनको ब्याट्रि मोटर कन्ट्रोलर र वायरिङ समेत हुने उनले जानकारी दिए ।
२५ बर्षभन्दा अगाडिदेखि निरन्तर रुपमा यही क्षेत्रमा काम गर्दै आएका ब्रजाचार्यले बिद्युतीय सवारी साधनको मर्मतमा ख्याति कमाएका छन् । अनेत्र बन्न नसकेका बिद्युतीय सवारी साधनहरु पनि उनले सफलतापूर्वक बनाउँदै आएका छन् ।