देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइफोन १६ नेपाली बजारमा पनि

देशान्तर

एप्पलको आइफोन १६ सिरिज नेपालमा पनि सार्वजनिक गरिएको छ। एप्पलले ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज लन्च गरेको थियो भने बुधबार नेपालका लागि आधिकारिक विक्रेता जेन नेक्सले यसलाई नेपाली बजारमा ल्याएको हो।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले आजैदेखि नेपाली बजारमा आइफोन १६का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाउने बताइन्।

काठमाडौंमा न्‍युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् ।

यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट पनि आइफोनका १६ सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।

आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्‍ने भिमसरियाको भनाइ छ ।

एप्पलका म्याकबुक र आइप्याड किन्न हुलास फाइन्सबाट ईएमआई मार्फत उपलब्ध रहेकोउनले बताइन् ।

यो सिरिज अन्तर्गत कुल चार मोडेल (आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स) रहनेछन्, जसको मूल्‍य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् ।

यस सिरिज अन्तर्गत चार मोडेल-आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो, र आइफोन १६ प्रो म्याक्स-सार्वजनिक गरिएको छ। आइफोन १६ मा अन्य फोनहरूसँग तुलना गर्दा फरक र अत्याधुनिक फिचरहरू समावेश गरिएको छ, जसमा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भूमिकालाई निकै सशक्त मानिएको छ।

एप्पलले दिएको जानकारी अनुसार, नयाँ एआई सिस्टमले टेक्स्ट, तस्बिर र भिडियोमा सहजीकरण प्रदान गर्नेछ, जसले प्रयोगकर्ताको उत्पादनशीलता बढाउने दाबी गरिएको छ। साथै, सिरी पहिलेको भन्दा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यद्यपि, एआई फिचर केही महिनापछि मात्र सुरु हुनेछ र प्रारम्भमा केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

आइफोन १६ सिरिजमा क्यामराका लागि साइड प्यानलमा विशेष बटन राखिएको छ, जसको सहायताले प्रयोगकर्ताले क्यामरा एप खोलेर फोटो खिच्न, भिडियो बनाउन, जुम गर्न, र एक्सपोजर तथा डेप्थ जस्ता सेटिङहरू सजिलै नियन्त्रण गर्न सक्नेछन्।

यस सिरिजमा एआई क्षमता सञ्चालन गर्नका लागि ए १८ चिप प्रयोग गरिएको छ, जसले फोनको पावर क्षमता बढाउनुका साथै ब्याट्री जीवनसमेत लामो बनाउने कम्पनीको दाबी छ। आइफोन १६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ, जसमा २ एक्स जुम क्षमताको टेलिफोटो लेन्स पनि समावेश गरिएको छ। आइफोन १६ प्रोमा यो जुम क्षमता उपलब्ध छ। कम्पनीको दाबी अनुसार, आइफोन १६ मा २७ घण्टा सम्म लगातार भिडियो हेर्न सकिने क्षमता रहेको छ भने आइफोन १६ प्रोमा ३३ घण्टासम्म भिडियो प्लेब्याक गर्न सकिन्छ।