देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासंघका अध्यक्ष ढकाललाई ‘कर्पोरेट एक्सिलेन्सी अवार्ड’

देशान्तर


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘कर्पोरेट एक्सिलेन्सी अवार्ड’ बाट सम्मानित गरेको छ ।
गत बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दनपत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ ।
मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत्, बिमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल भएको र मुलुकको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवं अनेकौं क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा गरेको लगन, समर्पण, योग्यता र क्षमताको सम्मानस्वरूप सम्मान प्रदान गरिएको अभिनन्दनपत्रमा उल्लेख गरिएको छ ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिएका छन् ।