देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार खेल जित्दै नेपाल सेमिफाइनलमा

देशान्तर

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । ओमानमा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।


नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बुधबार नै भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो ।