देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकीका मुख्यमन्त्री बिरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा पूरक रिट दर्ता

देशान्तर

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ । मंगलबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दर्ता गराएका हुन् ।

सर्वोच्चले यस अघि सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको थियो । तर अधिकारीले कार्यकारी अधिकार प्रयोग गरि बिभिन्न नियुक्ति गरेका थिए ।
िगण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्ति सम्बन्धि सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्चले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ । अधिकारीले सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी पनि गरिरहेका छन् ।