देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाइडेनले भने, ‘इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ’

देशान्तर

वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन । तर, उनले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।  

यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढदैँ जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन ।

इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाइ स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाइर् छ । 

अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ