देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदन अधिवेशन अन्त्य गर्दै सरकार : कांग्रेसले चल्न नदिएको ओलीको आरोप

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।


भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए । संसद्मा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ । आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।