देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गतेका लागि आह्वान

देशान्तर

काठमाडौं । कोसी प्रदेशसभाको विशेष अधिवेशन आउँदो वैशाख ६ गतेका लागि आह्वान भएको छ । सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् ।

एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो । तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो । त्यसअघि नै विशेष अधिवेशनको समावेदन भएकोले आह्वान भएको बताइएको छ ।