देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका तीन सांसदले दर्ता गरे सम्पत्ति छानबिनसम्बन्धी जरुरी महत्त्वको प्रस्ताव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका तीन सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने भन्दै संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै कांग्रेसका सांसदहरु धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको माग गरेका छन् ।