देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि निवेदन

देशान्तर

विराटनगर । कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि एमाले–माओवादीसहितका दलको गठबन्धनले प्रदेश प्रमुखसमक्ष निवेदन दिएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिइएको हो । निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ ।
गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको जिकिर गरिएको छ ।


यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपार्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली ताकिदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने बताए । उनले क्याबिनेट मन्त्रीको सिट खाली राखेरै अगाडि बढने बताएका छन् । माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले सोमबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।