देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘निम अवार्ड’मा सविता बनिन् सर्वोत्कृष्ट महिला गीतकार

देशान्तर


काठमाडौं । नेपालको पहिलो समावेशी अवार्ड ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै गत बिहीबार ललितपुरमा सम्पन्न भएको छ । जस्मा आधुनिक विधातर्फ गायकको अवार्ड यश कुमारले, गायिकाको अवार्ड नीता आचार्यले, संगीतकारको अवार्ड नरहरि प्रेमीले र गीतकारको अवार्ड टेक तामाङले पाउँदा महिला गीतकारको अवार्ड सविता पोखरेलले प्राप्त गरिन् । उनले एक चिम्टी सिन्दूर बोलको गीतबाट अवार्ड जितेकी हुन् । आधुनिक गीततर्फ नै नवगायकको अवार्ड राजु भट्टले, नवगायक जुरी अवार्ड सन्तबहादुर दराईले, नवगायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे ।
यसैगरी पपगायनतर्फ गायकको अवार्ड डेविड शंकरले, गायककै डायस्पोरा अवार्ड चेस्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नवीन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, संगीतकारको अवार्ड मानस राजले हासिल गरे । यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गलजतर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठले संयुक्त रूपमा पाए ।
यस्तै लोकदोहोरीतर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नवमोडल पुरुषको अवार्ड वसन्त उदासले र नवमोडल महिलाको अवार्ड मिसेल घिमिरेले हासिल गरे । निम अवार्ड समारोहमा लोकगीततर्फ मौलिक गीतको अवार्ड हेमन्त कान्छा रसाइली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे ।
कार्यक्रममा लोकदोहोरीतर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हासिल गरे ।
समारोहमा नवमहिला मोडलतर्फ नै पब्लिक च्वाइस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्राफरको अवार्ड राहुल बराइलीले, म्युजिक एरेन्जरको अवार्ड सुदीप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक÷पप गीतितर्फ भिडियो निर्देशकको अवार्ड केशवराज भट्टले, पुरुष मोडलको अवार्ड राज टाइगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सिर्जन बरालले हासिल गरे ।
यो वर्षको अवार्डमा ‘रजत संगीत सम्मान–२०२४’ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको थियो । उनलाई आयोजक पावर इन्टरनेसनल मिडिया नेपालका पदाधिकारी र प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले डंगोललाई सम्मान प्रदान गरेका थिए । कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा उनको संगीतको गजल साउनको भेल जस्तोलाई गायिका निशा देशारले प्रस्तुत गरेकी थिइन् ।
सोही समारोहमा ५,५५५ राशिको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । कार्यक्रममा संस्कृतिकर्मी चन्द्रकुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए ।
कार्यक्रममा प्राविधिक विधातर्फ ध्वनि मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाकारको अवार्ड मुकेश हुमागाईंले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईंले पाए ।
समावेशीतर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरीतर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड वीरेन्द्रकुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हासिल गरे । यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातिकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शनवीर शाक्यले प्राप्त गरे ।
आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलले पिम अवार्डबारे प्रकाश पारेका थिए । यस्तै, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो शृंखलादेखि नै आफू सल्लाहकारको रूपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रूपमा स्थापित भएको बताए । अग्रज पत्रकार शान्तिप्रियले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।