देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपको मुद्धामा झगडिया झिकाउन आदेश

देशान्तर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो ।

यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया शुरु भएको छ ।  मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ ।