देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

देशान्तर

काठमाडौं । माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका खामलाई न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

हिजो सुरु खामको बयानमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । १५ वर्षदेखि फरार रहेका खामलाई गत मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।