देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौती

देशान्तर

काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पलिे ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ७ विकेटको क्षतीमा १९८ रन जोडेको हो । नेपालका लागि गुल्सन झाले सर्बाधिक ४६ रन जोडे ।

उनले ३२ बलमा ४६ रन जोडेका हुन् । कुशल मल्लले ३४ रन बनाउदा रोहित पौडेलले ३३ ,र कुशल भुर्तेलले २५ रन जोडे । सन्दीप जोराले २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो । नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।
यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।