देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

देशान्तर

काठमाडौँ । सोमवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । बैठक चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।
बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ ।
प्रधानमन्त्री परिषद्को अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । अहिले सभामुख बिदेशमा छन् ।