देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महरा पक्राउ नाटकमात्र

देशान्तर


काठमाडौ । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेर हाजीरी जमानीमा रिहा भएका छन् । कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याएर सिआइबीमा बयान गराइएको थियो ।
सुरुमा चार दिन थुनामा राख्न अदालतले म्याद दिएकोमा उनी अस्पतालमा भर्ना भएर बसेका थिए । नर्भिक अस्पतालबाट बयानका लागि सीआइबीमा उपस्थित भएका उनलाई बयान पछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजगर गर्दै हाजिरी जमानीमा रिहा गरिएको सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले महरालाई तीन वटा कारण देखाउँदै हाजिरी जमानीमा छाड्न अनुमति दिएको बताए । ६५ वर्षिय महरा क्षयरोग, युरिक एसिड र प्रोस्ट्रेटको समस्याबाट पीडित छन् ।
महरलाई सरकारले गठन गरेको सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । छानविन समितिले महरालाई मात्रै नभइ विभिन्न व्यक्तिहरुलाई कारबाही र अनुसन्धान गर्न सिफारिस गरेपछि प्रतिवेदन कार्यान्व्यनका क्रममा पक्राउ परेका हुन् ।
उनी विद्युतीय चुरोट ‘भेप’ मार्फत ९ किलो सुन तस्कारीमा संलग्न व्यक्तिहरुसँग महराको सम्पर्क भेटिए पछि कारबाही गर्न छानविन समितिले सिफारिस गरेको थियो । यही प्रकरणमा उनका छोरा राहुल अहिले हिरासत मै छन् ।


सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा भएपछि अहिले सरकारले यो प्रकरणमा पनि स्टन्ट गरेको रुपमा अर्थ लगाइएको छ । माओवादीकै सुप्रिमो प्रधानमन्त्री भएको बेला र सोही पार्टीका उपाध्यक्ष महरा पक्राउ पर्नुलाई प्रचण्डले आफूले कसैलाई बाँकी राख्दैन भन्न सन्देश दिएर अरुलाई तर्साउनका लागि मात्रै गरेको रुपमा बुझिएको छ । केही दिन अघि एक टेलिभिजन अन्तवार्तामा पनि प्रचण्डले भ्रष्टाचारीलाई छानी छानी कारबाही हुने र नजकिका परे पनि आफूलाई कुनै असर नपर्ने भन्दै जवाफ दिएका थिए ।