देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको सचिवालय बैठक सुरु

देशान्तर

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । 

बैठकमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ का उमेदवारका विषयमा छलफल हुने बताइएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । 

त्यस्तै, पार्टीको आगामी वैशाखमा बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, पार्टीले जारी गर्ने सर्कुलरलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।