देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महराको बयान सकियो

देशान्तर

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरु भएको महराको बयान सकिएको हो ।


सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका हुन् । यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन् । महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिन र उपचारको व्यवस्था मिलाउन अदालतले भनेपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ ।