देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजना नियुक्त

देशान्तर

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरिएको हो ।
यसैगरी सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ ।