देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले राजनीतिक स्टन्ट भइरहेको छ : चौधरी

देशान्तर

काठमाडौं । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको बताएका छन् । उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए । उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको बताए ।

उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको बयान दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान दिँदै चौधरीलै कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान सीआईबीलाई दिएका हुन् ।
जग्गा हिनामिना प्रकरणमा विनोद चोधरीसहित भाइ वसन्त चौधरीसँग पनि सीआईबीले बुधबार बयान लिएको थियो । छाला जुत्ता कारखानाको १८ रोपनी जग्गा मध्ये १० रोपनी जग्गा हडपेको भन्दै यसअघि माघ १८ मा विनोद चौधरीका कान्छा भाइ अरूण चौधरीलाई सरकारले पक्राउ गरेको थियो ।

उनीबाहेक च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) का प्रमुख सञ्जय ठाकुर र बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका थिए । चौधरी ग्रुपका तीनजना दाजुभाइले नै बाँसबारीको जग्गा कानुनीरुपमा आएको बयान प्रहरीलाई दिएका छन् । दुई घण्टा लामो बयान दिएर बाहिरिने क्रममा उद्योगपतिसमेत रहेका सांसद चौधरीले अहिले यो इस्यूमा राजनीतिकरण गरिएको गुनासो गरे ।