देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाइटीमा घातक हिंसापछि राष्ट्रसङ्घीय प्रमुखद्वारा ‘गहिरो चिन्ता’ व्यक्त

देशान्तर


काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेको उनको मुख्य प्रवक्ताले बताएका छन् ।
प्रवक्ता स्टेफन डुजारिकका अनुसार महासचिव गुटेरेसले विशेषरूपमा गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय सुरक्षा सहायता मिसनका लागि वित्तीय सहायता प्रदान गर्न तत्काल कारवाहीको आवश्यकता दोहोर्याएका छन् ।


मिसनमा मुलुकहरूको स्वयंसेवी प्रहरी टुकडीको एउटा समूह छ । उक्त समूहले तत्काल सुरक्षा आवश्यकताहरू पूरा गर्न र मुलुकलाई अराजकताबाट जोगाउन हाइटीका प्रहरीलाई सहयोग गर्नेछ । महासचिवले हाइटी सरकार र अन्य राजनीतिक नेताहरूसँग निर्वाचनमार्फत लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापनाको दिशामा राजनीतिक प्रक्रियालाई अगाडि बढाउने आवश्यक कदमहरूमा छिटो सहमत हुन आह्वान गरेकोे प्रवक्ता डुजारिकले बताए ।


प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति एरियल हेनरी केन्यामा एक हजार प्रहरी अधिकारीलाई पठाउने कार्यलाई वैध बनाउने एक सम्झौतामा हस्ताक्षर गर्नका लागि केन्यामा हुँदा हिंसा भड्किएको थियो । सन् २०२१ जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि सम्पूर्ण क्यारेबियाली मुलुकमा गिरोह हिंसा बढिरहेको छ ।