देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीआरसीबारे तीन दलका प्रमुख नेताबीच छलफल

देशान्तर

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे तीन दलका प्रमुख नेताबीच छलफल भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उक्त विधेयक संसद्को कानुन समितिमा छ ।

समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल पनि हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो ।