देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी डलर स्थिर 

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको ।

जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा कायम छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसामा झरेको छ । शनिबार युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।